भक्तपुरको थिमिमा आइतबारदेखि व्यवसाय र सार्वजनिक सवारी चलाउन प्रतिबन्ध

भक्तपुर‍ । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबारदेखि १० दिनसम्म सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन गर्न नदिइने भएको छ।

कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि भन्दै नगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन साउन ३२ देखि भदौ ९ गतेसम्म निषेध गर्ने जानकारी गराएको हो।

Advertisement

नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरु बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न पाइनेछ।

यस्तै नगर भित्र सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाउँदै अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक सावर्जनिक यातायात रोक, यात्रु चढाउन, ओराल्न नपाइने गरी आवागमन दिने नगरपालिकाले जनाएको छ।

More News last news
Loading...