नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी थप ३ जनाको मृत्यु भएको हो।

Advertisement

गौतमका अनुसार कपिलवस्तुको मायादेवी-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। यस्तै पर्साको विरगञ्ज महानगरपालिका-१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको।

प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन्।

More News last news
Loading...