काठमाडौँ । काठमाडौँको मनमैजुमा चक्कु हानेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।
शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो।
नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ । बालाजुको सुकुम्बासी बस्तीमा बस्ने हत्या आरोपी आङदोर्जेबारे अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। दोर्जेको समूहका तीनजनालाई प्रहरीले शुक्रवार राती सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
