नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए ।

Advertisement

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।

More News last news
Loading...