काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा कोरोना संक्रमित तिब्र फैलिएपछि कलंकीका अत्यावश्यक बाहेक सबै पसलहरु बन्द गरिएको छ।
बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो।
वडा १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएको बताइएको छ। प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
