काठमाडौँ । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो।
प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ। अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।
काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् ।
उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए।
घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो।
पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
