गृहले दियाे सवारी पास बन्द गर्न निर्देशन

काठमाडौं । काेराेना भाइरसकाे जाेखिम वढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ ।

काेराेनाकाे जाेखिम बढेपछि एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको हाे । गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको हाे ।

Advertisement

बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हाे।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।

More News last news
Loading...