काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४७४ जना नयाँ संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
