कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँ तीन दिनदेखि बेपत्ता

काठमाडौँ । कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन्।

बुधबार बिहानमा उनी हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार, कान्तिपुर दैनिकले नै उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको थियो।

Advertisement

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले बानियाँको अन्तिम मोबाइल लोकेशन बल्खुमा देखिएको बताए। तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।

More News last news
Loading...