भारतबाट उद्धार गरेका यात्रु बोकेको बस डोटीमा दुर्घटना, ३ जनाको मृत्यु, ३१ यात्रु घाइते

डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटना भएको हो।

Advertisement

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

घाइते भएकामध्य २६ जनाको उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ भने अन्यको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

More News last news
Loading...