कोरोना संक्रमण बढेपछि फुटपाथ, तरकारी तथा ठेला व्यापार बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपालमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दै गएपछि सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ।

नयाँ नियम अनुसार अब होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नपाइने भएको छ। तर होटलहरुले ‘टेक अवे’ (किनेर घरमा लाने) सेवा भने दिन पाउने छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

Advertisement

मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नपाइने जानकारी दिए। यद्यपी होटलहरुले प्याकिङ गरेर खाना–खाजा भने डेलिभरी गर्न पाउने छन्।

फुटपाथ तथा ठेला व्यापार बन्द
सरकारले बढी भिडभाड भएको भन्दै फुटपाथ, ठेला व्यापारमा पनि रोक लगाएको छ। साथै सरकारले कवाडी संकलन पनि गर्न नदिने निर्णय गरेको छ। डा खतिवडाका अनुसार संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले फुटपाथ, ठेला लगायताका विभिन्न स्थानमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको डा खतिवडाले बताए।

More News last news
Loading...