नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

काठमाडौँ । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन्।

Advertisement

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।

मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन्।

More News last news
Loading...