मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो।
साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्रको टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
