रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका–४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

Advertisement

तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते सिद्धार्थ नगरपालिका–४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भइरहेको छ।

नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ।

More News last news
Loading...