काठमाडौँ । कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन्। डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।
टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ भदौ ०७२ मा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । घटनाका मुख्य आरोपित चौधरी लामो समय फरार थिए।
प्रहरीबाट भाग्दै बसेका उनले वारेसनामामार्फत निर्वाचनमा समेत भाग लिएका थिए र २१ हजार मतान्तरले विजयी पनि भए।
तर, चौधरीले निर्वाचन आयोगबाट सांसदको प्रमाण पत्र लिन पाएनन्। अदालतमा १४ फागुन २०७४ मा आत्मसमर्पण गरेको एक वर्षपछि १९ पुस २०७५ मा उनलाई सांसद पदको सपथ ग्रहण गराइएको थियो।
जिल्ला अदालत, कैलालीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी सम्बन्धी मुद्दामा चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
