दूध (गाई–भैँसी या अन्य घरपालुवा जनावरको) मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो। बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पु-याउन जरुरी छ। कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ।
मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक-आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ।
नुन
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु-याउँछ।
अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना रहन्छ।
दही
दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन। सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ।
माछा
दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानि पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
