काठमाडौँ । अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन्।
कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्छ। यो त आफैंमा अजिब छ।’
उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’
उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन्।
कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिनिएका छन्। कोरोना नियन्त्रणको सवालमा उनले धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि असहमति जनाउने गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
