मलेसियाबाट फर्किएर क्‍वारेन्टाइनमा बसेका युवकको कोरोनाले मृत्यु

काठमाडौं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन्।

श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लग्ने क्रममा बुधबार साँझ बाटोमै मृत्यु भएको थियो।

Advertisement

मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टाइनमा बसेका थिए। पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ। यसका साथै धनुषामा ९, सर्लाहीमा आठ, महोत्तरी र बारामा दुई दुई तथा सिरहा, सप्तरी र रौतहटमा एक/एक जना गरी कुल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...