वीर अस्पतालका चिकित्सकलाई पनि कोरोना संक्रमण

काठमाडौँ । वीर अस्पतालमा एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको छ। अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार अस्पतालमा कार्यरत ४७ वर्षका एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनको आज बिहान स्वाब संकलन गरी वीर अस्पतालको प्रयोगशालामा नै परीक्षण गरिएको थियो। आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा सेञ्चुरीले बताए।

Advertisement

डा सेञ्चुरीका अनुसार ती डाक्टर काठमाडौँकै स्थानीय हुन्। उनलाई ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि आज बिहान पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो। ती चिकित्सक अहिले वीर अस्पतालकै आइसोलेसनमा रहेका छन्।

“हाम्रो अस्पतालका एकजना डाक्टरलाई पनि कोरोना पोजेटिभ देखियो,”डा सेञ्चुरीले भने, “ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएपछि आज बिहान स्वाब संकलन गरी परीक्षण गरिएको थियो, रिपोर्ट पोजेटिभ आयो।”

उनीसँगै कन्ट्याकमा आएका अन्य ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको डा सेञ्चुरीले बताए। ती डाक्टरको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक ट्रेसिङको काम भइरहेको उनले बताए। उनीहरुको भने भोलि (शुक्रबार) कोरोना परीक्षण हुने डा सेञ्चुरीले बताए।

More News last news
Loading...