कोरोना संक्रमितलाई दिएको खानामा कीरा

सप्तरी । सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच उग्रविवाद भएको छ।

खाना खाने क्रममा कीरा देखिएपछि उत्पन्न विवादले उग्ररुप लिँदा बिहीबार राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोडसँगै खाना बहिष्कार गरेका छन्।

Advertisement

संक्रमितहरु आक्रोशित हुँदै खाना बहिष्कार गरेपछि आज दिनभर अवस्था तनावग्रस्त बनेको थियो । संक्रमितहरुले खाना बहिष्कार गरेपछि आइसोलेशन कक्षमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफूहरु माथि दुव्र्यबहार भएको बताउँदै सेवा बहिष्कार नै गरेका छन् ।

बिहीबार आइसोलेशन कक्षमा स्वास्थ्य सेवाका लागि खटिएका ४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रञ्जित झाले जानकारी दिए । ४ जना स्वास्थ्यकर्मीलाई अलग्गै आइसोलेसन कक्षमा राखिएको उनले बताए।

संक्रमितहरुले खानामा किरा भएको भन्दै आक्रोशित हुँदै खाना नै फ्याकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर ल्याए । तर, आक्रोशित संक्रमितहरुले सो खाना पनि फ्याकिदिए भने भाडाकुँडा, टेबुल, कुर्सी र टेन्ट समेत तोडफोड गरे।

संक्रमितहरुलाई सम्झाउन पुगेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत आक्रमण गर्न थालेपछि उनीहरु आफ्नो सम्पर्कमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आइपुगेको अस्पतालका प्रमुख डा झाले बताए।

More News last news
Loading...