काठमाडौँ । स्टेज कार्यक्रममा सबै व्यस्त हुने लोक तथा दोहोरी गायक नविन पौडेललाई कोरोना भाइरसको महामारीसँगै भएको लकडाउनमा पनि फुर्सदिलो हुन परेन्। उनी लकडाउनमा नेपालका करिब ५२ जिल्लासम्म पुगे । र त्यहाँ पुगेर उनले कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम गरे।
नयाँ पुस्ता डटकमसँगको कुराकानीका क्रममा उनले लकडाउनमा आफू जनचेतना जगाउँदै ५२ जिल्लाका विभिन्न टोल टोलमा पुग्ने अवसर प्राप्त गरेको बताए। उनले भने, ‘म लकडाउनमा अरु कलाकार जस्तै फुर्सदिलो हुनु परेन्। जनचेतना जगाउँदै देशका करिब ५२ जिल्ला पुगेर केही दिनअघि मात्रै काठमाडौँ आइपुगेको छु।’
काठमाडौँ फर्किएपनि आफूले देशभक्ति गीत लिएर आउने तयारी गरेको पनि उनले बताए । उक्त गीत नयाँ भने होइन्। ३ वर्षअघि रेकर्ड भएको गीतलाई अहिले सार्वजनिक गर्ने तयारी मात्र रेहेको गायक पौडेल बताउँछन् । उनी भन्छन्, ‘यो समय गीत संगीतमा लगानी गर्ने बेला त हैन् । तर देशको अवस्था देखेर त्यसलाई गीत मार्फत काउन्टर गर्ने उद्देश्यले अहिले सार्वजनिक गर्ने तयारी गरेको हुँ । गीतमा देशको राजनीति अवस्था र व्यथितीको विरोध गरिएको छ।’
उक्त गीत ३ वर्ष पहिले ननिकालेर किन अहिले निकाल्ने तयारी गर्नुभयो त भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो बेला केही व्यक्तिबाट गीत ननिकाल्न ‘दवाव भनौँ की सुझाव’ आएको थियो। तर अहिले अत्ति भइसकेपछि मैले गीत ननिकालेर बस्न सकिन्। त्यसैले यो पटक जसरी नी गीत निकाल्ने प्रयास गरेको छु। मैले गीतमा जनताको बोलि बोल्ने प्रयास गरेको छु, यसमा कसैले विरोध गर्नुहुन्छ भने त्यसमा मेरो भन्नु केही छैन्।
संगीतमा देखिएको विकृतीको विरोध
पछिल्लो समय गीत संगीतमा निकै विकृति देखिएको उनी बताउँछन्। अहिलेका गीत संगीत परिवारसँगै बसेर सुन्न नसक्ने प्रकारका भए, गीत संगीत जस्तो हुनु पर्ने हो त्यस्तो अहिले छैन्। जसले जे शब्द राखेर गाए पनि भएको छ। भाइरल बनाउने प्रवृत्तिले गर्दा मौलिक कला र संगीत मर्दै गएको छ। त्यसलाई जोगाउन नियमन निकायले ध्यान दिनै पर्छ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
