संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ। गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो। पाण्डेमा संक्रमण पोजिटिभ देखिएको एक सांसद्ले जानकारी दिएका छन्।

दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा बन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ।

Advertisement

यसअघि जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो। सांसद यादव चढेको गाडीका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो।

बैज्ञानिक बन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा, पर्सासम्म पुगेको थियो।

More News last news
Loading...