स्वास्थ्य मन्त्रालयले भन्यो, नेपालमा कोरोना संक्रमित बढे, बेड र डाक्टरको अभाव हुनसक्छ

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले राजधानीसहित देशभर कोरोनाभाइरस संक्रमित बढ्दै गएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताएको छ। बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आह्वान गरे।

‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ। यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावना देखिएको छ’, गौतमले भने, ‘ अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न मन्त्रालय अपील गर्दछ।’

Advertisement

उनले सावधानी नअपनाए संक्रमित बढ्ने भन्दै यस्तो अवस्थामा अस्पतालले धान्न नसक्ने भएकाले बैलैमा होसियारी अपनाउन आग्रह गरे । यस्तै मन्त्रालयले सरकारी तथा गैरसरकारी कार्यालयमा सभासम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ।

More News last news
Loading...