पोखरामा कोरोना संक्रमितले आइसोलेसन भरिएपछि घरमा नै बस्न सुझाव

पोखरा । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्। आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन।

प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन । आइसोलेसन त भरिएछ थप संक्रमितको उपचारका लागि के व्यवस्था छ भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन्, ‘गण्डकी अस्पतालको आइसोलेसन भरिएको छ ।

Advertisement

निको भएका विरामीलाई घर फर्काएर दुईचार सिट म्यानेज गर्ने सोचेका छौँ । अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौँ । कास्की कै लेखनाथमा रहेको लेखनाथ लायन्स अस्पताललाई पनि कोरोना विशेष अस्पतालको रुपमा काम भइरहेको छ । केही दिनमा त्यसको काम पुरा भएपछि संचालनमा ल्याउने तयारी भइरहेको छ। ’

प्रदेश सरकारले लेखनाथमा बनाउने भनेको कोरोना तयारी सकिन लाग्यो भनेको पनि करिव चार महिना पुगिसकेको छ। प्रदेश सरकारले सरकारी अस्पतालका आइसोलेसनहरु भरिएको खण्डमा राख्ने भनेर प्रचार गरिएको निजि अस्पतालमा कुनै पनि संक्रमितको उपचार भएको छैन । बरु ती अस्पतालमा आएका कोरोनाको शंकास्पद बिरामीलाई पनि गण्डकी अस्पतालले नै हेर्नुपरेको छ ।

विगत केही दिनदेखि गण्डकी प्रदेशमा ट्राभल हिस्ट्री नभएका संक्रमितहरुको संख्या बढ्दा टाउको दुखाइको विषय बनेको छ। गण्डकी प्रदेशका जिल्लाहरुमा जिल्ला अस्पताल बाहेकका अन्य आइसोलेसनको मापदण्ड पुरा नभएको कुरा विज्ञहरुले बताउँदै आएका छन्।

दिनदिनै बढ्दै गएको संक्रमित संख्याले भयभह स्थिति नआउला भन्न सकिँदैन । अझै पनि प्रदेश सरकार र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जिम्मेवार नबन्ने हो भने अवस्था झन जटिल बनेर जाने सरोकारवालाहरु बताउँछन्।

More News last news
Loading...