पोखरा । पोखराका एक सहित गण्डकी प्रदेशमा बिहीबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपरासी हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा उनिहरुलाई कोरोना पोजेटिभ देखिएको हो।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकी जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,५६६ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
