फेसबुकले पहिलो पटक राष्ट्रपति ट्रम्पको पोस्ट हटायो

बीबीसी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ। कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो।

कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो। ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो। ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्रतिरोधी भएको बताएका छन्।

Advertisement

फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो।

हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं।’ यसबारे अहिलेसम्म ह्वाइट हाउसको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

More News last news
Loading...