पोखरा । पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा ३ नदिपुरमा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएको हो
कोरोना रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य फ्रन्टलाइनरहरुको पनि स्वाब जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाह हमालले जानकारी दिए ।
गण्डकी प्रदेशकै स्याङ्जाका प्रहरी प्रमुखसहित ३८ प्रहरीमा यसअघि नै कोरोना पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
