एकै दिन काठमाडौँ उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित फेला

काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन्।

Advertisement

यो सहित पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५७ र ललितपुरमा ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

More News last news
Loading...