नेपालमा कोरोनाबाट थप एकको मृत्यु, गण्डकीमा ९ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ ।

पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

Advertisement

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

पखाला लागेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो। कोरोना भाइरसको संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कारोनाबाट निको हुनेको संख्या ५९ पुगेको छ।

गण्डकीमा ९ संक्रमित थपिए

आज बिहानै गण्डकी प्रदेशमा ९ जना नयाँ कारोना संक्रमित फेला परेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ९ जना संक्रमित थपिएका हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १३५४ पुगेको छ ।

More News last news
Loading...