काठमाडौँ । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो। भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य हुन् ।
लगानी बोर्डमा उनको कार्यकाल चार वर्षको हुनेछ। बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि यो पद खाली रहेको थियो।
बोर्डले आवेदन माग गरेको थियो। विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
