भातृ संस्थाको म्याद थप्नु निर्लज्ज कार्य : बरिष्ठ नेता पौडेल

काठमाडौं । भातृ संगठनहरुको म्याद थप्ने निर्णयप्रति नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि पोख्दै निर्लज्ज कार्यको संज्ञा दिएका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालय भातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेलगत्तै बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोख्दै निर्लज्ज कार्यको संज्ञा दिएका हुन् ।

Advertisement

उनले आफ्नो फेसबुक स्टाट्समा भनेका छन्, ‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब आएर म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ-नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू गम्भीर हुनुहोस्। ’

More News last news
Loading...