प्रहरी हेडक्वाटरका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित भएका छन्।

आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो ।

Advertisement

प्रहरीका अनुसार संक्रमित हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् । संक्रमित सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ । शुरुमा संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो ।

यो सँगै नेपालभर हालसम्म २ सय ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

More News last news
Loading...