काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो।
सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारणबीच बाटामै रोकिएका छन्। रासस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
