बागलुङमा फेरि बाढीपहिरो, चार जनाको मृत्यु

पोखरा । बागलुङका विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

Advertisement

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचराका लागि अस्पताल लगिएको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान खुल्न बाँकी छ ।

More News last news
Loading...