आफ्नै श्रीमतीका लागि किम जोङले बनाएका छन् यस्ता डरलाग्दा नियमहरु

उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन्।

त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन्। आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन्।

Advertisement

ती नियमहरुः

१. नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।

२. उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।

३. रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

४. प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।

६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।

७. किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ।

८. उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ।

९. फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ।

More News last news
Loading...