सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार प्रहार गरेको आरोपमा २ जना पक्राऊ परेका छन्।

रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँ, डल्लु बस्ने मोहमद आलम र काठमाडौँ डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।

Advertisement

युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको टोलीले पक्राउ गरेको हो।

एसिड प्रहार गर्ने व्यक्तिहरुलाई युवतीले नचिनेको बताएपनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो।

युवती र मोहम्मदबीच काठमाडौँको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएको खुल्न आएको छ।

त्यसपछि मुन्नालाई मोटरसाइकलमा राखेर मोहम्मदले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर भारततर्फ भाग्न नपाउँदै उनीहरु प्रहरीको फन्दामा परेका छन् ।

More News last news
Loading...