पूर्वी नवलपरासीमा पहिरोमा पुरिएका श्रीमान-श्रीमतीको शव भेटियो

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ।

बुलिङटार गाउँपालिका २ को डाँडाझेरीमा मङ्गलबार बिहान पहिरोमा पुरिएर श्रीमान् श्रीमती ज्यान गएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ज्यान गुमाउनेमा डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिनिमाया नेपाली रहेका छन्।

सुतिरहेको समयमा मङ्गलबार बिहान ४ बजेको समयमा पहिरोले घर पुरिँदा दुवै जनाको ज्यान गएको हो। पहिरोमा पुरिएका दुवै जनाको शव स्थानीयले निकालेका हुन्।

यस्तै सोमबार राति विनयी त्रिवेणी गाउँपालिका ४ मा दुम्किबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ।

पिकअप बगाए पनि मानवीय क्षति भने नभएको डीएसपी खाँणले जानकारी दिए ।

More News last news
Loading...