अस्मिता पौडेल
पोखरा । गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमित फेला परेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा १२ जना संक्रमित फेला परेका हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
कास्कीमा आधाबढी पोजेटिभ
गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरुमा सबैभन्दा धेरै कास्कीमा थपिएका छन् ।गण्डकीमा थपिएका संक्रमितमध्ये कास्कीका मात्रै आधाबढी रहेका छन् ।
कास्कीमा आज एकै दिन ८ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका ३४, २६, ३२, ६३, २१ र ४० वर्षीय पुरुष तथा ६० र ३४ वर्षीया महिला रहेका छन् ।
यस्तै, तनहुँको शुक्लागण्डकीका ४१ वर्षीय पुरुष र भानुका ४० वर्षीय पुरुष संक्रमित भएका छन् । स्याङ्जाको गल्याङमा ३२ वर्षीय पुरुष र लमजुङको सुन्दरबजारका ३३ वर्षीय पुरुष संक्रमित भएको निर्देशनालयले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
