काठमाडौँसहित देशका अधिकांश स्थानमा भारी वर्षा

अझै तीन दिन वर्षा हुने

काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावका कारण आजदेखि पुनः लगातार तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित रहेकाले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार राति देशभर बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखाको तालिका

साउन ३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ का केही स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

More News last news
Loading...