कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा तनहुँका बाढी पहिरो पीडित घाइतेसँग भेट

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढी पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् ।

बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

Advertisement

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए।

More News last news
Loading...