नेकपाको स्थायी समिति बैठक बस्दै, केन्द्रीय कमिटी बोलाउने तयारी

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आइरहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीका वरिष्ठ नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादका कारण पटक–पटक स्थगित हुँदै आइरहेको बैठक शीर्ष नेताहरु बीचको परामर्शपछि शुक्रबार बोलाइएको हो ।

Advertisement

असार १७ गतेपछि मात्रै ४ पटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

More News last news
Loading...