काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए। हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ।
गौतमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ।
थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमिति प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिए ।
उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
