पूर्वी नवलपरासीमा ५ सुरक्षाकर्मीसहित १८ जनामा देखियो कोरोना

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना पुष्टि भएको हो।

Advertisement

कोरोना संक्रमण देखिने हरुमा गैडाकोट नगरपालिका वडा नंं. १ का १ जना, वडा नं. २ का १० जना, वडा नं. ४ का २ जना वडा नं. ५ का १ जना, वडा नंं. ६ का १ जना र वडा नं. ८ का ३ जना रहेको बताइएको छ।

उनीहरुलाई आईसोलेशनमा पठाउने तयारी भै रहेको बताइएको छ। नगर क्षेत्रमा परीक्षणको दायरालाई बढाउदै लगिएको र सोही क्रममा संचारकर्मी, सुरक्षाकर्मीहरुको पनि स्वाव परीक्षण गर्दा कोरोना देखा परेको जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईले बताए।

कन्टयाक्ट ट्रेसिङ आधारमा थप स्वावहरु संकलन गरी परीक्षण जिल्ला चापागाईले बताए।

More News last news
Loading...