काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीमा गएका गोताखोरको डुंगा दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन्।
दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा परेर पछिल्लो एक सातामा १८ जना बेपत्ता छन्।
फुल्पिङ पहिरोमा बेपत्ता एकको शव फेला
भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गएराति गएको पहिरोमा बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ४९ वर्षीया निमा स्याल्बो शेर्पाको शव भेटिएको हो । थप चार जना महिला बेपत्ता छन् । गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका थिए।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको टोली परिचालन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
