गण्डकीमा कोरोना संक्रमितको संख्या १२३१ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान बागलुङमा २ र स्याङजामा १ गरी ३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङ्जा वालिङका १९ वर्षीय पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाइएको हो।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ। हालसम्म ९ सय २५ जना निको भइ घर फर्केका छन् ।

प्रदेशमा कुल ४ जनाको मृत्यु भएको छ।

More News last news
Loading...