थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Advertisement

गएको २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गएको २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ११ हजार २५ पुगेको छ।

नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४ दशमलव २५ प्रतिशत सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

More News last news
Loading...