नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ।

रौतहटको पर्रोहा नगरपालिका-७  का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो।

Advertisement

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा  राखिएको थियो।

त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

 

 

More News last news
Loading...