स्याङ्जामा पहिरो : पूर्व गाविस अध्यक्षको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता रहेका छन् । मंगलबार बिहान कालिगण्डकी गाउँपालिका-४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो।

त्यसमा तीन जना घाइते भएका थिए। घाइते भएका सोही गाउँपालिका बस्ने ६५ वर्षीय पूर्वगाविस अध्यक्ष ईमानसिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Advertisement

त्यस्तै अन्य दुई जनाको उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ।

उनीहरूको अवस्था पनि गम्भीर छ र थप उपचारको लागि पाल्पा पठाइएको छ । घाइते हुनेमा ६८ वर्षीय वडा नम्बर ४ का वडा सदस्य हुमानाथ पाण्डे र ५५ वर्षीय विरबहादुर राणा छन्।

पहिरोमा पुरिएका अन्य तीन जना अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा प्रेम चन्द पाण्डे, जिमानसिंह थापा र टीकाबहादुर थापा छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।

More News last news
Loading...