राजा त्रिभुवनकी कान्छि छोरी नलिनीको निधन

काठमाडौँ । राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ।

तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

Advertisement

उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो।

उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो।

राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।

उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो। त्यसपछि उनी भारतमै बस्दै आएकी हुन्। उनका दुई छोरा र तीन छोरी छन्।

राजा त्रिभुवनका सात सन्तान – महेन्द्र, हिमालय, बसुन्धरा, त्रैलोक्य, विजया, भारती र नलिनी– मध्ये अब भारती मात्र जीवित छन्।

तत्कालिन राजकुमारी भारतीको पनि भारतकै एक राजकीय परिवारमा बिबाह भएको हो। सात सन्तानमध्ये त्रिभुवनका चार छोरी हुन्।

More News last news
Loading...