नयाँदिल्ली । नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ।
नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत औपचारिक रुपमै ‘कूटनीतिक नोट’ दिएको हो।
नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ।
दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत त्यस्तो नोट दिएको हो। नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्रीहरु गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ।
‘यस किसिमका सामग्रीलाई लिएर भारती विदेश मन्त्रालयमार्फत भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं, साथै यस्ता सामग्रीले भ्रम सिर्जना गर्नुका साथै सभ्य समाजको सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्नुका साथै नेपालीको भावना र नेपाली नेतृत्वको व्यक्तित्वमा समेत चोट पुगेको उल्लेख गरिएको छ’ नोटमा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
